१३ पुस, काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित आठ जिल्लामा कोभिड–१९ विरुद्धको फाइजर खोप कार्यक्रम तत्काललाई स्थगित गरेको छ । ०.३ एमएलको सिरिन्ज प्राप्त नभएका कारण तत्काललाई कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उपत्यकाकासहित काभ्रे चितवन, सिन्धुली, डडेलधुरा र सुर्खेतमा भने यो उमेर समूहका बालबालिकालाई फाइजरको खोप दिइने सरकारको तयारी थियो । तर, ५० लाख सिरिन्ज आइनपुगेपछि कार्यक्रम तत्काललाई स्थगित गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्