१२ पुस, काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा आज भएको खेलमा जावलाखेलले सातदोबाटोलाई २ ० गोलले हराएको हो ।
खेलको ५० औँ मिनेटमा विपिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ७० औँ मिनेटमा निकोलसले गोल गर्दै जावलाखेललाई जित दिलाए ।
जितसँगै जावलाखेल सात अङ्कसहित नवौँ स्थानमा पुगेको छ भने सातदोबाटो जोडेर पाँचौ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्