११ पुस, काठमाडौं। माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहभागिता नजनाउने भएका छन् । उनले आफू झापामा भएकाले आउन नसक्ने बताए।
प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर ओलीले आफू आउन नसक्ने बताएका थिए । उनको स्थानमा महासचिव शंकर पोखरेललाई पठाउने भएका हुन्।
प्रतिक्रिया दिनुहोस्