एजेन्सी । बङ्गलादेशको फेरीमा आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ । त्यहाँको झालकोटी जिल्लामा पर्ने सुगन्धा नदीमाथि फेरीमा आगलागी भएको हो ।
स्थानीय अधिकारीका अनुसार फेरीको इन्जिनबाट आगो लागेको हो । आगलागीमा परेर केही घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ भने फसेकाहरुको उद्धार भइरहेको छ ।
अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ। एमभी अभियान नामक डुङ्गा गएराति ढाकाबाट बर्गुनाका लागि रमाना भएको थियो।
प्रतिक्रिया दिनुहोस्