९ पुस, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदैछ। आज हुने पहिलो खेलमा एपीएफ फुटबल क्लब र न्युरोड टिम (एनआरटी) संग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे खेल सुरु हुनेछ।
अंकतालिकामा एनआरटी ५ खेलबाट १ जित, ३ बराबरी र १ हार ब्यहोर्दै तालिकाको सातौं स्थानमा छ भने एपीएफ समान खेलबाट तीन पराजय, एक जित र एक बराबरी खेल्दै ४ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ।
त्यस्तै, दोस्रो खेलमा नेपाल पुलिसले फ्रेन्ड्स क्लबसँग भिड्दै छ । खेल साँझ पौने ५ बजे सुरु हुनेछ। ५ अंक जोडेर पुलिस १० औं स्थानमा छ भने फ्रेन्ड्स तालिकाको पुछारमा छ।
पुलिस फ्रेन्ड्सलाई हराउँदै अंक तालिका सुधार्ने योजनामा हुनेछ भने फ्रेन्ड्स पनि पुलिसलाई हराएर रेलिगेसन क्षेत्रबाट माथि उक्लने प्रयासमा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्