८ पुस, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार ६२६ जना मध्य ९ हजार ५१० जनाको पिसिआर परीक्षण र २११६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
२६३ जना निको समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमणबाट २ को मृत्यु भएको छ भने हाल ५ हजार १६१ जना सक्रिय संक्रमित छन्।
यस्तै, काठमाडौं उपत्यकामा १४८ संक्रमित थपिएका छन्। जसमध्य काठमाडौंमा १०१, ललितपुरमा ३४ र भक्तपुरमा १३ संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्