एजेन्सी । बेल्जियममा एक युवकलाई ८ पटक खोप लगाएको आरोपमा पक्राउ गरिएको छ । उनलाई नवौँ पटक खोप लगाउन खोप केन्द्र जाँदा पक्राउ गरिएको हो ।
वलुन प्रान्तको शर्लराय शहरमा एक युवकलाई पैसा दिएर अरुको नाममा खोप लगाएको आरोपमा पक्राउ गरिएको हो । बेल्जियम मिडियाको रिपोर्ट अनुसार आरोपी यस्ता व्यक्तिलाई सम्पर्क गर्दथे जो भ्याक्सिन नलगाइकनै खोपकार्ड चाहन्थे ।
यस्ता व्यक्तिबाट मोटो रकम लिएर आरोपी उनीहरुको स्थानमा गएर खोप लगाउने गर्दथे । लगातार खोप लगाएका कारण स्वास्थ्यकर्मीले नवौँ पटक उनलाई चिन्न सफल भएको हो
प्रतिक्रिया दिनुहोस्