७ पुस, काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रकाउ परेका रामकुमार सुवेदी र उनकी श्रीमती माधवीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले रामकुमार र माधवीलाई हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
दुवै जनालाई पक्राउ गर्न मंगलवार काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्वयम्भूबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्