एजेन्सी । आयोजक टोली दक्षिण अफ्रिकालाई भारतविरुद्धको टेस्ट सिरिज अगाबै धक्का लागेको छ । हिपमा चोट लागेपछि दक्षिण अफ्रिकाका फास्ट बलर एनरिच नोर्टजेले भारतविरुद्धको टेस्ट सिरिज गुमाउने भएका छन्।
क्रिकेट दक्षिण अफ्रिका (सीएसए) का प्रमुख मेडिकल अफिसर शुएब मन्जराले भने, ‘नोर्टजेले सकेसम्म चाँडो फिट हुन सक्दो प्रयास गरिरहेका छन् र भारतविरुद्धको एकदिवसीय सिरिजको लागि तयार हुने लक्ष्य राखेका छन्।’
उनले यो वर्ष खेलेका ५ खेलमा २५ विकेट लिएका छन्।
प्रतिक्रिया दिनुहोस्