७ पुस, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज बुधवार पनि प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदले बेल घेराउसहित चर्काबाजी गर्दै प्रतिनिधि सभा अवरोध गरेको हो ।
यता सभामुख सापकोटाले सभालाई सुरु गराएर आफ्ना असहमति राख्न पटक–पटक आग्रह गरे पनि एमाले सांसदले त्यसको बेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस्