६ पुस, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले न्याय सेवा आयोगको बैठक बोलाएका छन्। बुधबारका लागि प्रधानन्यायाधीशले बैठक बोलाएका हुन्।
बैठकको एजेण्डा जिल्ला न्यायाधीशहरूको रिजल्ट निकाल्नु भएको आयोगका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
जिल्ला न्यायाधीशको १८ पदका लागि दसैंअघि लिएको परीक्षाको रिजल्ट निकाल्नुपर्ने दबाबमा आयोग रहेको छ।
प्रतिक्रिया दिनुहोस्