६ पुस, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना एमसीसी छिटै संसद्बाट पारित हुने बताएका छन्।जनकपुरमा मंगलबार गृहमन्त्री खाँणले यसलाई अघि बढाउनु सरकारको दायित्व रहेको बताए।
“एमसीसी अघिल्ला सरकारहरूका पालामा अघि बढेको हो। नेपालको विकासका लागि अघिल्ला सरकारहरूले सम्झौता गरेकाले एमसीसी अगाडि बढाउनु सरकारको दायित्व हो,” खाँणले भने।
सबै दलको सहमतिमै यो संसद्बाट पारित हुने उनको भनाइ थियो। उनले भने, “एमसीसी कुनै ऋण होइन, यो निशर्त अनुदान हो, गठबन्धनका दलहरूको सहमतिका आधारमा यो पारित हुन्छ।”
प्रतिक्रिया दिनुहोस्