६ पुस, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण नेपाल क्रिकेट संघ (क्यान) ले स्थगित गरेको छ। क्यानको बोर्ड बैठकले आइसिसी टी-२० विश्वकप छनोटको तयारीका लागि आजदेखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो।
बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेको थियो।
यही कारबाहीका कारण राष्ट्रिय टिमको प्रशिक्षण पनि प्रभावित भएको हो।
प्रतिक्रिया दिनुहोस्