४ पुस, काठमाडौँ । साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आइतबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। ढाकामा नेपाली समयअनुसार अपरान्ह ३ बजे खेल सुरु हुनेछ ।
खेलमा नेपालले बराबरी खेले मात्र पनि फाइनल पुग्ने छ। तीन खेलबाट ७ अंक भएको नेपाल समान अंक भएको बंगलादेशलाई गोलअन्तरमा पछाडि पार्दै शीर्षस्थानमा छ। भारत ३ खेलबाट ६ अंक जोड्दै तेस्रो स्थानमा छ।
प्रतिक्रिया दिनुहोस्