Logo

किम जोङका पिताको ११ दिने शोकसभा – हाँस्न, रुन र पिउन नपाइने



Spread the love

एजेन्सी । उत्तर कोरियाली शासक किम जोङ उनका पिताको १० औं शोकसभा अवधिभर शुक्रबारदेखि हास्न, पिउन, किनमेल गर्नमा ११ दिनसम्मका लागि रोक लगाएको छ ।

उत्तर कोरियाले किमका पिता एवम् उत्तर कोरियाका पूर्वशासक किम जोङ ईलको १० औं शोकसभा मनाइरहेको छ ।

सन् १९९४ फेब्रुअरी १६ मा जन्मेका किम जोङ ईलको निधन सन् २०११ डिसेम्बर १७ मा भएको थियो । उनको मृत्युको सम्झनामा सो समयावधिभर अन्य कुनै व्यक्तिको मृत्यु भएमा मृतकका आफन्तले चर्को स्वरमा रुनसमेत नपाइने र कसैको जन्म भएमा जन्मोत्सवसमेत मनाउन नपाइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्