२ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाली क्रिकेटका खेलाडीहरूमाथि गरिएको कारबाहीको ध्यानाकर्षण गराएका छन्।
देउवालाई प्रचण्डले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।
यसअघि नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट बर्खास्त गरेको थियो।
प्रतिक्रिया दिनुहोस्