एजेन्सी। बोरुसिया डर्टमण्डले गएराति भएको जर्मन बुन्डेसलिगामा ग्रेउथर फुर्थलाई ३–० ले पराजित गरेको छ । हालान्डले ३३औं मिनेटमा पेनाल्टीमा गरेको गोलबाट डर्टमण्डले अग्रता बनायो।
८२औं मिनेटमा युलियन ब्रान्डटको फ्रिकिकलाई हेडमार्फत हालान्डले अग्रता दोब्बर बनाए ।खेल सकिन एक मिनेट बाँकी हुँदा डोनेल मालेनले अर्को गोल थपेपछि डर्टमण्डले सहज जित निकालेको हो ।
जितपछि डर्टमण्डले १६ खेलबाट ३४ अंक जोडेको छ । जुन शीर्ष स्थानको बायर्नभन्दा ६ अंकले तल हो ।
प्रतिक्रिया दिनुहोस्