Logo

लेनिनभन्दा प्रचण्ड जान्ने भएर नयाँ थेसिस ठोकिदिए, दुई दिनमै सेयर बजार धरासयी – ओली



Spread the love

२९ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले सेयरबजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाएका छन् । एमालेका नयाँ केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै ओलीले लेनिनभन्दा पनि दाहाल जान्ने भएको टिप्पणी गरे ।

‘प्रचण्ड लेनिनलेभन्दा पनि बढ्तै जान्ने भएछन्’ ओलीले भने ‘लेनिनले पुँजीवाद विकसित हुँदा साम्राज्यवाद हुन्छ भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवादको विकसित रुप सेयर बजार भनेर नयाँ थेसिस ठोकिदिए, दुई दिनमै सेयर बजार धरासयी ।’

सेयर कारोबारीले चन्दा नदिएको झोंकमा बजारलाई ध्वस्त पारिदिन खोजिएको उनको आरोप छ । दाहाललाई लक्षित गर्दै ओलीले भने ‘कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि, ए चन्दा नदिने ध्वस्त बनाइदिन्छु, नरहे बाँस नबजे बाँसुरी भनेजस्तो ।’

प्रतिक्रिया दिनुहोस्