२९ मंसिर, काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिल देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज यो वर्षकै कम मापन गरिएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस रहेको विभागले जनाएको छ ।
आज सवैभन्दा कम जुम्लामा माइनस ६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।
प्रतिक्रिया दिनुहोस्