२९ मंसिर, काठमाडौँ । यू १९ महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग भिड्दैछ। खेल बंगलादेशको वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो पौने चार बजे सुरु हुनेछ ।
उपाधि दावेदार मानिएको नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहेको छ । नेपालले पहिलो खेलमा बंगलादेशसँग बराबरी खेलेको थियो ।
प्रतिक्रिया दिनुहोस्