२८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेस सभापतिमा दोस्रो चरणको चुनावमा डा. शेखर कोइरालाले अर्का उम्मेदवार शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्ने भएका छन् । तीन उम्मेदवारको समर्थन पाएका देउवाको जित सुनिश्चितजस्तै छ। तर, देउवासँग कोइराला चुनाव लड्ने मनस्थितिमा रहेका हुन्।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले कोइराला देउवासँग चुनाव लड्न तयार भएको बताए। देउवालाई सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरूङले समर्थन गरिसकेका छन्।
प्रतिक्रिया दिनुहोस्