Logo

चीनमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन



Spread the love

एजेन्सी । चीनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित देखिएको हो ।

विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टाइनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ ।

पहिलो पटक दक्षिण कोरियामा पहिचान गरिएको ओमिक्रोन चीनसहित हालसम्म ६० भन्दा मुलुकमा फैलिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्