२८ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिको पदको लागि भिडिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेता विमलेन्द्र निधि निवासमा पुगेका छन्।
पहिलो चरणमा सभापतिमा नजितेपछि दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै पहिलो चरणको सभापतिका प्रतिस्पर्धीलाई भेट्न घरघर पुगेका हुन्।
उनले मंगलबार बिहान प्रकाशमान सिंहलाई चाक्सीबारी पुगेर दोस्रो चरणमा आफूलाई समर्थन गर्न भनेका थिए भने बिहान साढे ११ बजे विमलेन्द्र निधि निवास वानेश्वरमा पुगेर समर्थन मागेका छन् ।
सिंहले देउवालाई नै समर्थन गर्ने जनाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्