एजेन्सी। पाकिस्तानले गएराति भएको टि–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजमाथि ६३ रनले जित निकालेको छ । जितसँगै पाकिस्तानले तीन खेलको शृंखलामा १–० को अग्रता बनाएको हो ।
२०१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा सबै विकेटको नोक्सानीमा १३७ रनमै समेटियो । वेस्ट इन्डिजका लागि शाइ होपले सबैभन्दा धेरै ३१ रन बनाए । स्मिथले २४, रोभमन पोवेलले २३, शेफेर्डले २१ र निकोलस पुरनले १८ रनको योगदान गरे ।
पाकिस्तानका मोहम्मद वासिमले चार र शाडब खानले तीन विकेट लिए । शाहीन शाह अफ्रिदी, मोहम्मद नवाज र हरिस राउफले एकएक विकेट लिए ।
त्यसअघि, कराचीस्थित नेसनल रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो । पाकिस्तानका रिजवानले ७८ रन जोड्दा हैदर अलीले ६८ रनको योगदान दिए।
वेस्ट इन्डिजका रोमारियो शेफेर्डले दुई विकेट लिए । ओडेन स्मिथ, डोमिनिक ड्राकेस, ओशाने थोमस, र अकिन होसैनको नाममा समान एकरएक विकेट रह्यो।