२७ मंसिर, काठमाडौँ । सोमबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई १–० ले हराएको छ । १८औं मिनेटमा निरज बस्नेतको गोलबाट संकटाले जित निकाल्यो ।
जितसँगै चार खेलबाट आठ अंक जोडेको संकटा लिगको चौथो स्थानमा उक्लिएको छ । सातौं स्थानमा रहेको नेपाल पुलिसको पाँच अंक छ ।
यस्तै, अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगको नवौं चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ। चौथो चरणको खेल चलिरहँदा सोमबार एन्फाले पाँचदेखि नवौं चरणसम्मको तालिका सार्वजनिक गरेको हो।
मनाङ मर्स्याङदी क्लबले पाँचौं, साताौं र आठौं चरणका खेलहरु पोखरा रंगशालामा खेल्नेछ। मनाङले पाँचौं चरणमा नेपाल पुलिस क्लबसँग, ब्रिगेड ब्वाइज क्लबविरुद्ध र च्यासलविरुद्ध खेल्नेछ।
प्रतिक्रिया दिनुहोस्