Logo

ओमिक्रोन संक्रमण बढेपछि बेलायतमा संकटकालको घोषणा



Spread the love

एजेन्सी। कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणमा तिब्र रुपमा फैलिएपछि बेलायतले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सले ‘ओमिक्रोन संकटकाल’ घोषणा गरेका हुन् ।

टेलिभिजनमार्फत् सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले ओमिक्रोनको लहर आउनसक्ने भन्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यसै सातादेखि संक्रमण रोक्न १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोपको बुस्टर डोज लगाइने पनि बताए।

प्रतिक्रिया दिनुहोस्