२७ मंसिर, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने खेलमा संकटासँग नेपाल पुलिस क्लब भिड्दैछ । यस्तै, अपरान्ह पौने ५ बजे सुरु हुने खेलमा जावलाखेल र ब्रिगेड ब्वाइज क्लबआमनेसामने हुदैँछ।
समान ५ अंकका साथ छैटौं स्थानमा रहेको संकटा र सातौं स्थानको पुलिसले दोस्रो जितका लागि प्रयास गर्नेछन् ।
तीन खेलपछि नेपाल पुलिस र संकटाको ५र५ तथा ब्रिगेड ब्वाइजको ४ अंक रहेको छ भने जावलाखेलले अंक जोड्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्