२६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापतिमा एक र सह–महामन्त्रीमा एकसहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५२ जनाले आफ्ना नाम फिर्ता लिइसकेका छन् ।
सभापतिमा मनोनयन दर्ता गराएका युवराज न्यौपानेले आज आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै सह–महामन्त्रीमा मनोनयन दर्ता गराएका सुरेन्द्रप्रसाद चौधरीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको थियो भने चार सय ९९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्