एजेन्सी । बंगलादेशमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ। शनिबार स्वास्थ्यमन्त्री जाहिद मलेकले दुईजनामा नयाँ भेरियन्ट पुष्टि भएको जानकारी दिएका हुन्। उनका अनुसार यहाँको क्रिकेट टिमका दुईजना क्रिकेटरमा ओमिक्रोन संक्रमण भेटिएको हो।
ती दुई खेलाडी हालै जिम्बावेबाट फर्किएका थिए। उनीहरूको स्वास्थ्य परीक्षणका क्रममा सो भेरियन्ट देखिएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्