२४ मंसिर, काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २-० गोलले हराउँदै मनाङ मर्स्याङ्दी शीर्षस्थानमा उक्लिएको छ।
दशरथ रंगशालामा भएको खेलमा ओलावालेले ४१ औँ मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाए। दिनेशले दोस्रो हाफमा हेडमार्फत गोल गर्दै मनाङको जित पक्का गरे।
चार खेलबाट १० अंक भएको मनाङ शीर्षस्थानमा उक्लिएको छ।
प्रतिक्रिया दिनुहोस्