२४ मंसिर, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १० हजार ४८७ जनाको कोरोना परीक्षण गर्दा २५९ जनामा संक्रमण पुष्टि भएको छ। ३३७ जना संक्रमण मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ। ११ हजार ५५२ जनाले हालसम्म संक्रमणका कारण ज्यान गुमाइसकेका छन्।
योसँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९९७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्