Logo

महामन्त्री दाबी गर्दै गगनले भने – कांग्रेसको महामन्त्री केबल कुर्चीमा बस्ने मात्र होइन



Spread the love

२३ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कांग्रेसको चाहना नहुँदा नहुँदै आफूहरु सरकारमा जान परेको बताएका छन् । उनले यसअघि नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दै गर्दा आफूहरु पाँच वर्षका लागि प्रतिपक्षमा बस्न तयार भएको स्मरण गरेका छन् ।

यसैबिच उनले कांग्रेसको महामन्त्रीको कुर्ची एउटा केबल कुर्ची नभएको बताएका छन् । उनले कुनै समय नेपाली कांग्रेसमा गणेशमान, गिरिजाप्रसाद कोइराला पनि यो कुर्चीमा बसेको भन्दै यसले राजनीतिक रोडम्याप बनाउने बताएका छन् ।

थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा कार्यक्रम आयोजना गर्दै यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्