२३ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। वरिष्ठ नेता पौडेल भेट्न कोइराला आज बिहान उनकै निवास बोहराटार पुगेका थिए।
पौडेल र महामन्त्री शशांक कोइरालाले सहमतिका लागि सभापति छाड्न सकिने बताएपछि प्रकाशमान सिंह र शेखर आकांक्षी छन्।
‘म सभापतिमा अगाडि बढिसकेँ, आशीर्वाद दिनुस्,’ शेखरको भनाइ उद्धृत गर्दै सचिवालयले भन्यो, ‘म सभापतिको उम्मेदवार हुँ, पछि हट्दिनँ।’ प्रकाशमान वा शेखर कसलाई सर्वसम्मत उम्मेदवार बनाउने भन्ने पौडेल पक्षले निर्णय गर्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्