२० मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउन गर्नेबारे निर्णय नगरेको जनाएको छ । सोमबार नेपालमा ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि सरकारले सचेत गराउँदै लकडाउन बारे निर्णय नगरेको जनाएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले भने, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन । ’
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन झण्डै ४० देशमा देखा परिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्