२० मंसिर, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा नवनिर्वाचित राजेन्द्र लिङ्देनले आज पदभार ग्रहण गरेका छन् । आफू पार्टीको महामन्त्री हुँदा बस्ने गरेको कार्यकक्षमा नै उनले अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।
आफ्नो चाहना र योजनामा नै अध्यक्षको नयाँ कार्यकक्ष तय गरिएको उनले बताए । पार्टीको अभिभावकको रुपमा रहने थापालाई कार्यालय आउन सहज होस् भनेर उनको कोठा प्रयोग नगरेको लिङ्देनले बताए ।
अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा हारेपछि कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्