२० मंसिर, काठमाडौँ । दक्षिण अफ्रिकाबाट फैलिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि देखिएका छन् । दुईजनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन देखिएको छ । उनीहरू दुवैले कोरोनाविरुद्धको खोप लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेको पनि मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्