एजेन्सी । मुम्बईमा भएको टेस्ट शृङ्खलाको अन्तिम खेलमा भारतले न्युजिल्याण्डलाई ३ सय ७२ रनको फराकिलो अन्तरले हराएको छ । भारतले दिएको ५ सय ४० रनको बिशाल लक्ष्य पछ्याउने क्रममा न्युजिल्याण्ड १ सय ६७ रनमा समेटियो ।
न्युजिल्याण्डलाई सस्तोमा समेट्न रवीचन्द्र अश्विन र जयन्त यादवले ४–४ विकेट हात पारे। न्युजिल्याण्डका लागि डेरल मिचेलले सर्वाधिक ४४ रन बनाए ।
प्रतिक्रिया दिनुहोस्