१९ मंसिर, काठमाडौँ । सुदूरपश्चिम प्रदेशलाई एक सय १३ रनले हराउँदै १९ वर्षमुनिको राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले हात पारेको छ ।
लुम्बिनी प्रदेशले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८ ओभर ३ बलमा ९९ रन बनाउँदा अलआउट भयो । सुदूरपश्चिमका लागि लोकेश बमले २५ र खड्क बोहराले २१ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका अजय चौहानले पाँच, दुर्गेश गुप्ताले तीन र मोहम्मद हुसेनले दुई विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा दुई सय १२ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्