काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय अध्यक्षको उम्मेदवार बन्नका लागि एक लाख रुपैयाँ ताकिएको छ। बुधबारदेखि काठमाडौंमा सुरु भएको एकता महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार बन्नका लागि शुल्क तोकिको हो।
उपाध्यक्ष पदका लागि ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
महाधिवेशनमा करिब ४२ सय प्रतिनिधि सहभागी रहेको पार्टीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्