१४ मंसिर, काठमाडौँ । नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भीक मत परिणाम आउन थालेको छ। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४०० मत ल्याउँदा भीम रावलले ४२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।
अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस्