एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का नेइमारले अब लिग वानका सात तथा च्याम्पियन्स लिगमा एक खेल गुमाउने भएका छन्। गोलीगाँठोको लिगामेन्टमा समस्या देखिएपछि उनी कम्तीमा ८ हप्ता मैदान बाहिर रहने भएका हुन् ।
नेइमारलाई आइतबार राति लिग वान अन्तर्गत भएको खेलको अन्तिम समयतिर स्ट्रेचरमा राखेर मैदान बाहिर लगिएको थियो ।
पीएसजी फ्रान्सेली लिग वानमा १२ अंकको अग्रतासहित शीर्षस्थानमा छ भने च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा पुगेको छ।
प्रतिक्रिया दिनुहोस्