१२ मंसिर, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरण अन्तर्गत आज एक मात्र खेल हुँदैछ । दशरथ रंगशालामा साँझ पौने ५ बजे जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा जावलाखेलले मनाङ मर्स्याङ्दी क्लबसँग हार ब्यहोरेको थियो । यता, पहिलो खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबसँग १-१ बराबरीमा रोकिएको थियो ।
दुबै टोली पहिलो जितको खोजीका साथ मैदान उत्रदैछ ।
प्रतिक्रिया दिनुहोस्