Logo

भारतको गणतन्त्र दिवसमा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा !



Spread the love

काठमाडौँ । भारतले ७३ औँ गणतन्त्र दिवसका अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासहितलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ।

भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विकल्पमा अघि सारेको बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र(सरकार प्रमुखलाई गणतन्त्र दिवसमा प्रमुख अतिथि बनाउने योजना बनाएको हो।

बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्यान्ड सदस्य राष्ट्रका रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्