५ मंसिर, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनले पत्रकार सम्मेलनमा भने, “नेकपा (एमाले)को १०औं महाधिवेशनमा केन्द्रीय कमिटी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्छु।”
प्रतिक्रिया दिनुहोस्