एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन पीएसजीले नान्टेसमाथि सहज जित हात पारेको छ । गएराति भएको खेलमा पीएसजीले नान्टेसलाई ३–१ गोल अन्तरले हराएको हो ।
पीएसजीले खेलको दोस्रो मिनेटमै एम्बाप्पेको गोलबाट सुरूवाती अग्रता बनायो । खेलको ६५ औं मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएका थिए । १० खेलाडीमा समेटिएको फाइदा उठाउँदै खेलको ७६ औं मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई बराबरीमा ल्याए । तर, खेलको ८२ औं मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २–१ ले अघि रह्यो । खेलमा ३ मिनेट बाँकी रहँदा मेस्सीले गोल गर्दै पीएसजीलाई ३–१ को जित दिलाए ।
जितसँगै पीएसजी १४ खेलमा ३७ अंक जोड्दै शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्