३ मंसिर, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ७ हजार ७७७ जनाको पिसिआर परीक्षण र ११९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यस्तै, ३६९ जना निको भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ४९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, काठमाडौं उपत्यकामा १२० थपिएका छन्। जसमध्ये काठमाडौंमा ९१, ललितपुरमा १९ र भक्तपुरमा १० संक्रमित रहेका छन्।
प्रतिक्रिया दिनुहोस्