Logo

आन्दोलनमा उत्रिएका कानुन व्यावसायीलाई गालीगलौज गर्ने दुई जना प्रकाउ



Spread the love

३ मंसिर, काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्ध आन्दोलनमा उत्रिएका कानुनव्यावसायीहरुलाई गाली गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले दुई पुरुषलाई बिहीवार राती नियन्त्रणमा लिएको हो।

बौद्ध क्षेत्रबाट सीताराम श्रेष्ठ र तीर्थ ढकाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुले बिहीवार आन्दोलनरत कानुन व्यवसायीमाथि अश्लिल गाली गरेका थिए।

प्रतिक्रिया दिनुहोस्