Logo

प्रधानन्यायाधीश राणाले तोके १० इजलास, ३ बजेसम्म राजीनामाका लागि बारको अल्टिमेटम



Spread the love

३ मंसिर, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास तोकेका छन् । जबरारले एउटा एकल इजलास र ९ संयुक्त गरी २२२ मुद्दाको पेशी तोकेका हुन् ।

प्रधानन्यायाधीशले आज न्यायाधीशहरु दीपककुमार कार्की, प्रकाशमान सिंह राउत, मीरा खड्का, सुष्मलता माथेमा लगायतको लागि पेसी इजलास तोकेका छन् ।

यस्तै, नेपाल बार एसोसियसनले जबरालाई राजीनामाका लागि आज दिउँसो ३ बजेसम्मको समय दिएको छ। आज बार आन्दोलनको तेस्रो चरणको अन्तिम दिनको ३ बजेसम्म राजीनामाका लागि अल्टिमेटम दिइएको हो।

राजीनामा नआए चौथो चरणको आन्दोलन सुरु गर्ने बारले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्