Logo

फुलकोर्टले पारित गर्‍यो गोलाप्रथा नियमावली, नियमित इजलास बस्ने तयारी



Spread the love

२ मंसिर, काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठकले गोलाप्रथाद्वारा मुद्दा हेर्ने नियमावली पारित गरेको छ। बिहीबार बैठकले गोला प्रथा लागू गर्न नियमावली पारित गरेको हो।

प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबिरुद्धको आन्दोलन गहिरिँदै जाँदा उनले फुलकोर्ट बैठक बोलाएका थिए।

एक न्यायाधीशका अनुसार नियमावली संशोधन गर्नुपर्ने र गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी माग पूरा भएसँगै आफूहरु आइतबारदेखि नियमित इजलासमा फर्किने तयारीमा रहेको एक न्यायाधीशले बताए ।

प्रतिक्रिया दिनुहोस्