Logo

सर्वोच्चमा प्रहरी र बकिलबीचको झडपमा बार अध्यक्ष श्रेष्ठसहित एक दर्जन बढि घाइते



Spread the love

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रहरीसँगको धकेलाधकेलमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन्। प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउन भन्दै अदालतको मूल गेटमा धर्नामा बस्दै आएका कानुन व्यवसायी महान्यायाधिवक्ताको प्रवेशद्वार तर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको थियो।

सर्वोच्च अदालत परिसरमा बिहीबार प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको छ । राणा उक्त बाटोबाट प्रवेश गर्न थालेको भन्दै नेपाल बार एसोसिएसन, सर्वोच्च बार लगायतका कानुन व्यवसायीले रोक्नका लागि बिहीबार प्रयास गरेका थिए। तर, उनीहरुलाई प्रहरीले अघि बढ्न दिएन।

शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्